२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

प्रदेश स्तरिय महिला फुटबल खेलाडी छनोट सुरु

दाङ, २६ फागुन । दाङमा लुम्बिनी प्रदेश स्तरिय महिला फुटबल खेलाडी छनोट कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला  फुटबल संघको समन्वयमा संचालन भएको छ्नोट कार्यक्रमबाट लुम्बिनी प्रदेशको महिला फुटबल टिम छनोट गरिनेछ ।

प्रदेश बाट छनोट भएको टिमले बागमती प्रदेश खेलकुद परिषदको आयोजनामा अगामी चैत २५ गते देखि सुरु हुने अन्तर प्रदेश स्तरिय राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भाग लिने लुम्बिनी प्रदेश फुटबल प्रशिक्षक जनक केसिले जानकारी दिए ।

दाङको बेल्झुण्डी रंगशाला र अरनिको मैदान तुलसिपुरमा भएको छनोट कार्यक्रममा दाङ,बाके,बर्दिया,रुपन्देही र कपिलवस्तु जिल्लाका २४ खेलाडीको सहभागिता रहेको छ । छनोट कार्यक्रममा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल, लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष केशव चौधरि,दाङ फुटबल प्रशिक्षक दुर्गा राजलवट लगाएत रहेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस