२०८३ बैशाख २० गते आइतवार | 2026 May 3rd Sunday

माओवादी केन्द्रका दुई गाउँपालिका अध्यक्ष खरेल र के सि एमालेमा प्रवेश

काठमाडौ, २६ फागुन । नेकपा माओवादी केन्द्रका दुई गाउँपालिका कमिटीका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन । केन्द्रमा सत्ता समीकरण गरी एउटै मोर्चा बनाएकै बेला गुल्मीका दुई पालिकाका अध्यक्षले एमाले रोजेका हुन ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गुल्मी आएको मौका पारी ती अध्यक्ष एमाले प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी हुन । खरेल र केसी आजबाट सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उदघाटन समारोहमा एमाले प्रवेश गरेका हुन ।

कार्यक्रममा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष बादल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले गुल्मी इञ्चार्ज सूर्य थापा लगायतका नेताहरुले एमालेमा स्वागत गरेका थिए । 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस