काठमाडौ, २७ फागुन । वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवारीका लागि सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङले निवेदन दिएका छन् नेकपा एमालेका तर्फबाट उम्मेदवारका लागि उनले एमाले पार्टी कार्यलय इलाममा निवेदन दिएका हुन् ।
एमाले इलाम जिल्ला कमिटीका अनुसार हालसम्म उम्मेदवार बन्नका लागि सुहाङसहित चार जनाले निवेदन दिइसकेको बताइएको छ।
संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख नेम्वाङको निधन भएपछि इलाम क्षेत्र न. २ मा उपनिर्वाचनका लागि चुनाव हुँदैछ । यहीँ अनुसार उमेदवारको सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार