२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

मन्त्री यादव र सुडीले लिए शपथ

काठमाडौं, २७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री  उपेन्द्र यादव  र मन्त्री नवलकिशोर साह सुडीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । 

आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको  शपथ लिएका हुन् । राष्ट्रपतिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरूलाई उपप्रधान तथा मन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस