२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

दीपक मनाङेले गरे नेकपा एस परित्याग 

काठमाडौ, ५ चैत । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेको घोषणा गरेका छन । मनाङेले प्रदेश सभा सचिवालयमा निवेदन दिँदै केन्द्रमा फेरिएको गठबन्धनले गण्डकी प्रदेशमा पनि अस्थिरता फैलिने देखिएपछि नेकपा एस त्यागेकोले स्वतन्त्र सांसदको हैसियत माग गरेका हुन ।

प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा मनाङेले उल्लेख गरेका छन, ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा(एकीकृत समाजवादी)दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु, विना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ, गण्डकीमा त्यस किसिमको परिस्थिति सिर्जना हुन नदिन सधैं प्रतिबद्ध छु।’

गण्डकी प्रदेशलाई मध्यावधितिर जानबाट रोक्नुपर्ने भएकोले आफूले एकीकृत समाजवादी त्यागेको उनको भनाई छ। ०७९ सालको निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र रूपमा निर्वाचित निर्वाचित मनाङे पछिमात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस