२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

समाजवादी मोर्चाको वडास्तरीय समिति घोषणा

दाङ, ६ चैत । समाजवादी मोर्चा नेपाल, घोराही उपमहानगर समितिले वडास्तरीय समिति घोषणा गरेको छ । 

मोर्चाले संयुक्त वडा भेला आयोजना गरी घोराही ३ र ४ मा वडा वडा समिति घोषणा गरेको हो । जस अनुसार वडा नम्बर ४ अध्यक्षमा बिष्णु सी तथा सदस्यहरु वसन्त सी, चिट्ठी चौधरी, हितलाल भण्डारी, शिवचन्द्र रिजाल, अशोक रोका, बेदुराम पौडेल, बुझौना चौधरी र पुनम नेपाली रहेका छन । 

वडा नम्बर ३ मा अध्यक्ष मल्लिता पुन तथा सदस्यहरु जीवनकुमार लम्साल, मनोज चौधरी, रजनी चौधरी, शिवप्रसाद चौधरी, गोपाल नेपाली, सञ्जिता घिमिरे, अभ्यास सी र खिम सी  रहेका छन । 

मोर्चाका उपमहानगर अध्यक्ष खिमबहादुर चौधरी ‘अटल’को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद सदस्य गुरुप्रसाद महरा, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य प्रमिता चौधरी, एकीकृत समाजबादीनिकट युवा परिषद केन्द्रीय सदस्य हरिकला बाठा, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार सदस्य  रमण शर्मा, नेपाल कम्युनिस्ट पार्टीका  पूर्वी दाङ सेक्रेटरी जनक सी, माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेश वली ‘राजन’, जनपत्रकार संगठनका केन्द्रीय सदस्य जङ्ग रेउले, माओवादी केन्द्रका जिल्ला सदस्य बसन्तराज अधिकारी, अखिल टेड्रयुनियन मजदुर संगठनका लुम्बिनी प्रदेश सचिव सुमन रोकालगायतले बोलेका थिए । 

समाजवादी मोर्चा घोराही नगर कमिटी सदस्य  भीमबहादुर सार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन सदस्य सचिव शक्तिराम डाँगीले गरेका थिए । प्यानल प्रस्ताव समाजबादीमोर्चा नेपाल घोराही नगर समिति सदस्य महान सीले गरेका थिए । मोर्चाको घोराही नगर समितिले वडा नम्बर १ र २ को वडा समिति यसअघि नै घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस