
दाङ, ८ चैत । दाङको घोराहीमा होली विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । रिघाँउ लञ्ज बारले बिहीबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी होली विशेष कार्यक्रमको बारेमा जानकारी दिएकोे हो ।
लञ्ज बारका सञ्चालक प्रकाश पुनले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै यही चैत १२ गते घोराहीमा होली विशेष साँस्कृतिक कार्यक्रम गर्न लागेको बताए । उनले होली पर्वलाई सव्य, भव्य र व्यवस्थित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति लिएर कार्यक्रमको आयोजना गरेको जानकारी दिए । होली पर्वको दिन बिहान ठिक १० बजे औपचारी कार्यक्रम गर्ने र कार्यक्रमको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले गर्ने उनको भनाइ छ । खुल्ला साँस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई मनोरञ्जन दिने भएको समेत आयोजकले बताएको छ ।
त्यस्तै लञ्ज बारका सञ्चालक धर्म जिएमले होली पर्वलाई मनोरञ्जनात्मक बनाउनका लागि काठमाण्डौंबाट डिजे दिनेश र डिजे सोनु आउने बताए । चैत १२ गते अर्थात् होली पर्वको दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन हुने र त्यसका लागि कार्यक्रममा सहभागी हुनका लागि तीनसयको टिकट व्यवस्था गरिएको उनको जानकारी दिए । कार्यक्रमको अवधिभरमा लञ्ज बारले ग्राहकको माग अनुसारको खाजा तथा नास्ताको उपलब्ध गराउने र कार्यक्रम नविल बैंकको छेउमा रहेको ग्राउण्डमा हुने उनको भनाइ छ ।
होली पर्वलाई व्यवस्थित बनाउन र कुनैपनि अप्रिय घटना हुन नदिनका लागि स्वयंसेवक र प्रहरीको व्यवस्था मिलाइने भएको छ । होली पर्व विशेष साँस्कृतिक कार्यक्रमका लागि करिब दुई लाख खर्च हुने आयोजकले जनाएको छ ।