२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

समाजवादी मोर्चाको संयुक्त वडा भेला

दाङ, ८ चैत । समाजवादी मोर्चा नेपाल घोराही उपमहानगर समितिले वडा नं १३ र १४ र १५  संयुक्त वडा भेला सम्पन्न भएको छ । 

भेलाले वडा नम्बर १३ मा कमरा सीलाई अध्यक्षमा चयन गरेको छ । जसको सदस्यहरुमा विनप्रसाद रोका, हर्कराज घर्ती ‘राजेश’, मिना लिम्बु, शान्ता घर्ती र इन्द्रबहादुर सी रहेका  छन । 

त्यस्तै वडा नम्बर १४ को अध्यक्षमा नन्दबहादुर घर्ती, रेमन्त सी, कृष्ण सी, आशाकुमारी चौधरी, मोहम्मद याकुव, मानबहादुर नेपाली, रणविक्रम सी र जंगबहादुर बिक रहेका छन । त्यसैगरी घोराही १५ को अध्यक्षमा पहलमान थापा चयन हुनुभएको छ भने सदस्यहरुमा महेन्द्र सी, नारायण पुन, चन्द्रकला राना मगर, मनोज सी र शारदा सी रहेका छन । 

समाजवादी मोर्चा नेपालका घोराही उपमहानगरपालिका समिति अध्यक्ष खिमबहादुर चौधरी ‘अटल’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने ‘सागर’, जेष्ठ कुम्युनिस्ट मन्चका केन्द्रीय सदस्य मस्तबहादुर श्रेष्ठ, नेकपा एकिकृति समाजबादी नेपालका केन्द्रीय परिषद सदस्य रामप्रसाद चौधरी, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य  तुलसी डाँगी ‘मिलन’, कम्युनिस्ट पार्टीका पूर्वी दाङ जिल्ला सेक्रेटरी एवं केन्द्रीय प्रतिनिधि सदस्य जनक सी, नेकपा एकीकृत समाजवादी जिल्ला सल्लाहकार समितिका अध्यक्ष चिरञ्जीवी बुढाथोकी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दयाजित रोका, समाजवादी मोर्चाका दाङ जिल्ला सदस्य असोका सी र नेकपा माओवादी केन्द्रका घोराही उपमहानगरपालिका  कमिटी अध्यक्ष रमेश वली ‘राजन’ले बोलेका थिए । मोर्चाका नगर सदस्य भीमबहादुर सार्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सदस्य सचिव शाक्तिराम डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस