२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

जमानीमा रिहा भएका पूर्वसभमुख महरा केही दिन अस्पतालमै रहने

काठमाडौ, ९ चैत । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौ ल्याइएको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका थिए । महराले ८ प्रकारका औषधि सेवन गर्दै आएका छन ।  उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस