
दाङ, १४ चैत । नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आउँदै छन । उनी यही चैत १६ गते लमही नगरपालिका ९ अमिलियामा रहेको कांग्रेस नेता स्वः खुम बहादुर खड्काको सालिक अनावरण गर्न दाङ आउन लागेको नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले जानकारी दिए । नेपाली कांग्रेस दाङको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
सालिक अनावरण कार्यक्रममा सम्पूर्ण कांग्रेस नेता ,कार्यकर्ता एवं शुभेच्छुकहरूलाई उपस्थितिका लागि कांग्रेस दाङले आग्रह गरेको छ । स्व : खड्काको कांग्रेसका नेता तथा कार्यकर्ताहरूको आर्थिक सहयोगमा दुई वर्ष पहिले अमिलियामा सालिक स्थापना गरिएको थियो ।
प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार