
दाङ, १५ चैत । सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधी र कर्मचारीको विचमा समन्वय अपरिहार्य रहेको बताएकि हुन । जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बिचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताएकि हुन ।
दाङ जिल्लामा भैरहेका विकास निमार्णका काम र आवश्यक बजेटका बारेका जिल्लाका स्थानिय तहदेखि विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया गर्दै उहाँले लक्ष्यमा पुग्न र विकास निर्माण देखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताएकि हुन ।
आर्थिक, सामाजिक तथा पूर्वाधार लगायतको विकासमा सम्बिन्धीत निकायले आआफ्नो क्षेत्रबाट जिम्मेवारपूर्वक काम गर्न उनको आग्रह थियो । सरकार अब बजेट निर्माणको प्रक्रिया रहने बताउँदै उनले जिल्लामा विकास निमार्णका लागी आवश्यक योजना र बजेटको बारेमा थप जानकारी गराउँन आग्रह गरेकि हुन ।
निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा आफुले ध्यान दिइरहेको शर्माले बताएकि हुन ।
यस्तै कर्मचारीहरूले पनि देश र जनता प्रति इमानदार भई सरकारका नीति तथा कार्यक्रमहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्नु पर्ने बताएकि हुन । साथै उनले समग्र जिल्लाको विकासका लागि सङ्घीय सरकारले गर्नेे हरेक प्रकारको सहयोगमा आफु प्रतिवद्ध रहेको बताएकि हुन ।