२०८२ असार ३० गते आइतवार | 2025 July 13th Sunday

गुरुकुलको प्रि स्कुल दिक्षान्त समारोह

दाङ, १७ चैत्र । घोराही उपमहानगरपालीका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताएका हुन । घोराही उप महानगरपालिका वडा नं. १५ मा रहेको गुरुकुल ऐकेडेमिको प्रि विद्यालयका बिद्यार्थिहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उँहाले यस्तो बताएका हुन । बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उँनले बताएका हुन । ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उँनले भने । त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उँनले आग्रह समेत गरेका हुन  । विद्यार्थीहरुलाई अरुसँग तुलना गर्न नहुने भन्दै उँहाले अभिभावकहरुले विद्यार्थीलाइ अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताएका हुन । यसले बालवालिकाहरुलाई नकारात्मक सोचको विकास गराउने उँनको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी वढदै गएको समेत उँनले बताएका हुन । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उँनको भनाइ रहेको छ । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उँनले बताएका हुन । कार्यक्रममा वोल्ने वक्ताहरुले गुरुकुल एकेडेमि स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हाँसिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरुले शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताएका हुन । पुर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताएका थिए । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गरेका थिए । आज भएको दिक्षान्त कार्यक्रममा प्रि २ का ५३ जना बिद्यार्थिहरुलाई दिक्षान्त गरीएको हो भने प्रि १ र २ का बिद्यार्थिहरुका हजुरबुवा हजुरआमाहरुलाई सम्मान गरीएको थियो । सो अवशरमा बिद्यार्थिहरुले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए भने बिज्ञान प्रदशर्नि पनि प्रस्तुत गरीएको थियो । त्यस लगतै अभिभावकहरुको लागि खेल पनि खेलाइएको थियो ।कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , पद्योदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत , शिक्षक विबेक देबकोटा ,अभिभावक तथा प्रि २ का बिद्यार्थिहरुले मन्तब्य राखेका थिए । विद्यालयका प्रिन्सिपल डां कृष्णराज डिसिको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गरेका थिए । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुदै आएको छ । बिद्यालयमा अहिले प्ले ग्रुप देखि कक्षा ९ सम्म सिमित सिटमा भर्ना समेत खुलेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस