२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

कर्णाली प्रदेशको नेतृत्व एमालेलाई

काठमाडौ, १९ चैत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लाई दिने सत्ता गठबन्धनमा सहमति भएको छ ।आज काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लाई दिने सहमती भएको हो ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार पार्टी अध्यष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर कर्णालीको नेतृत्व एमालेले लिने सहमति भएको जानकारी गराउँदै नेतृत्व छाड्न निर्देशन दिएको बताए ।

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेको पाइन्छ तर केन्द्रमा आज भएको सरकार गठबन्धनको बैठकले एमाले लाई कर्णाली प्रदेशको नेतृत्व गर्न दिने सहमती भए सँगै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने बताइएको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामाजवादीका १ सांसद रहेका छन् । त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस