२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

सदनमा उठेका प्रश्नको जवाफ सदनमै दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं, २० चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका बिषयहरुको जवाफ सदनमै उभिएर दिन पाउनुपर्ने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सहकारी लगाएतका बिषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन् । 

लोकतन्त्रमा प्रतिपक्षीले आफुलाई लागेका कुराहरु सदनमा उठाउन पाउनुपर्ने बिषयलाई आफुले सम्मान गर्ने भन्दै उहाले आफुले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए । लामिछानले गृहमन्त्रालयको काम कारवाही, बिपत व्यवस्थापनको तयारी, भूकम्पपिडितको पुर्नवास लगाएतका बिषयमा समेत आफुले जवाफ दिन चाहिरहेको जिकिर गरे । उनले जाहेरी दिदैमा सदनमा सवै बिषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे ।

रास्वपा सभापति समेत रहनुभएका लामिछानेले पार्टीका अन्य नेताहरुको पनि सहकारी प्रकरणमा नाम जोडिएको बिषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे । कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस