२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

दाङ, २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री शर्माले बुधबार अपराह्न प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकमा सम्बोधन गरी राजीनामाको घोषणा गरेका थिए ।

सत्ता गठबन्धन दलहरूबीच संघमा भएको सहमतिमा कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस