२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

यातायात व्यवसायी र मजदुरका लागि एक दिने निशुल्क स्वास्थ्य परिक्षण

दाङ, २४ चैत । त्रिशिद्देश्वरि राप्ति यातायात सेवाप्रालिको आयोजनामा यातायात व्यवसायी र मजदुरका लागि एक दिने निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम दाङको घोराही बसपार्कमा सम्पन्न भएको छ । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोगमा सम्पन्न भएको शिविरमा करिव तिनसय पचास जनाले स्वास्थ्य चेकजाँच गराएका थिए । 

सिविरमा सुगर,प्रेसर र थाईराईटका बिरामिहरु धेरै देखिएका थिए। त्रिशिद्देश्वरि राप्ति यातायात सेवाप्रालिका संरक्षक भरत नाथ योगिको  अध्यक्षता एवम दाङ जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी  निरिक्षक किरण प्रकाश मल्लको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा कार्यक्रम सयोजक प्रकाश भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू डाक्टर नबिन बिक्रम पाण्डे, डाक्टर हेमन्त थापा,शाखा अधिकृत रमिता गौतम, नर्स श्रीया दाहाल,स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सेवा प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस