२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन

दाङ, २५ चैत । लुम्बिनी प्रदेशका नववियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज मुख्यमन्त्रीको शपथग्रहण लिएसँगै ४ सदस्यीय मन्त्रिपरिषद गठन गरिएका्े छ ।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस