२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौ, ३० चैत । आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा एक हजार ७ सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस