२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

पेट्रोल, डिजेलको मूल्य बढ्यो

काठमाडौं, ३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्न नयाँ खरिद मूल्यमा वृद्धि भएर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जस अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १७५.५०, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५८.५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गमा १६१ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस