काठमाडौ, ६ वैशाख । सुदुरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
समाजवादीका सोडारीले सत्ता गठन्धनबाट एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुईजना सांसद र स्वतन्त्र एकसहित प्रदेश प्रमुख नजिर मियाँ समक्ष दाबी पेश गरेका थिए । सोही दाबीअनुसार प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार