
काठमाडौ, ७ बैशाख । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका- ५ मा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी पिस्कर जान लागेको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको जनाइएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भइनसकेको प्रहरीले जानकारी दिएको छ ।
रोल्वालिङ यातायातको त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।