२०८३ असार २४ गते बुधवार | 2026 July 8th Wednesday

बिजौरी शाखाद्वारा मृतक सदस्यका परिवारलाई रु. ७ लाख ७७ हजारभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण

दाङ, २४ असार । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर ६ शिखर कोलनी शाखा कार्यलय बिजौरीले तुलसीपुर उपमहानगरपालिका ११, जस्पुरमा आयोजित कार्यक्रममा आफ्नी सदस्य स्वर्गीय उमा बस्नेतको परिवारलाई ग्रामीण डबल बीमा सुविधा अन्तर्गत रु. ७७००८६.८८ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । स्वर्गीय उमा बस्नेतले संस्थाबाट रु. ३,००,००० कर्जा लिएकी थिइन् । ऋण लिएको अवधिमै उनको निधन भएपछि संस्थाको ग्रामीण डबल बीमा योजनाअनुसार उक्त बीमा दाबी रकम उनकी छोरी बालिका पौडेल बस्नेतलाई उपलब्ध गराइएको हो ।

२०८३ असार २३ गते आयोजित कार्यक्रममा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका केन्द्रीय कार्यालयका प्रबन्धक कल्पना कार्कीको हातबाट मृतक सदस्यकी छोरी बालिका पौडेल बस्नेतलाई रु. ७७००८६.८८ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोतिकला वली रहेकि थिईन । केन्द्रीय कार्यालयबाट अनुगमन प्रमुख श्रीखगा कुमारी भण्डारी तथा कर्मचारी सर्मिला पाण्डेको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।

त्यसैगरी, अस्थायी ट्राफिक प्रहरी कार्यालय जस्पुरका प्रहरी हवल्दार कल्याण खत्री र हेमराज डाँगीको विशेष उपस्थिति रहेको कार्यक्रममा शाखा कार्यालय बिजौरीका शाखा प्रबन्धक माधवा रेग्मीले कार्यक्रम सञ्चालन गरेकि थिईन ।

संस्थाले सदस्यहरूको आर्थिक सुरक्षाका लागि सञ्चालन गर्दै आएको ग्रामीण डबल बीमा सुविधाले सदस्यको निधनजस्तो दुःखद परिस्थितिमा परिवारलाई ठूलो आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस