२०८३ बैशाख १२ गते शनिवार | 2026 April 25th Saturday

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

दाङ,१२ बैशाख । तुलसीपुर उपमहानगरपालिका- १७ रत्न उद्यान नजिकै निर्माणाधीन तालमा डुबेर १९ वर्षीय नवराज बिकको मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएका उनी पौडी खेल्न नजान्दा डुबेका हुन् । साथीहरूले उद्धार प्रयास गरे पनि सफल हुन सकेनन् ।

घटना पछि ईलाका प्रहरी कार्यालय तुलसीपुर बाट प्रहरी टोली पुगेर स्थानीय र विपद् व्यवस्थापन टोलीको सहयोगमा शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस