२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन :  गृहमन्त्री लामिछाने

काठमाडौ, ११ वैशाख । गृहमन्त्री रवि लामिछानेले आफूले केही वर्षअघि दिएको अभिव्यक्ति खोतलिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । कतारी राजाको आगमनमा मंगलबार नेपाल सरकारले दिएको बिदाको सन्दर्भमा पुरानो ‘स्टाटस’ सार्वजनिक गर्दै चौतर्फी आलोचना भएपछि फेसबुकमार्फत नै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

आफ्नो बचाउ गर्दै उनले वर्षौँ देखिका  गलत अभ्यास सच्याउन समय लाग्ने भन्दै विगतका कैयौँ परम्परालाई नीतिगत निर्णय गरी सच्याउनुपर्ने बताएका छन् । उनले धैर्य गरिदिन नागगरिकलाई भनेका छन् ।  ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन’,  उनले भनेका छन्, ‘तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ ।’

उनले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम गरिरहेकाले छिट्टै परिणाम आउने बताएका छन् । आठ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै ‘बाउको मुख हेर्ने दिन’ को संज्ञा दिएको स्टाटस सोमबारदेखि सामाजिक सञ्जालमा फैलिएपछि मंगलबार बिहान लामिछानेले प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस