काठमाण्डौ, १४ बैशाख । सहकारी प्रकरणमा मुछिएका दीपेश पुन आज धरौटी रकम जम्मा गरी रिहा भएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि पुन धरौटी रकम जम्मा गरेर रिहा भएका हुन् । जिल्ला अदालत रुपन्देहीमा चार लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ । गएको शुक्रवार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना शुक्रवार नै छुटेका थिए । तर धरौटी बुझाउन नसकेपछि पुन कारागारमा थिए । उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।
प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार