२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता

काठमाडौ, १६ वैशाख । बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ३९२६ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३ हजार ४३१ मत ल्याउँदै पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९४ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस