२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

इलाममा सुहाङ नेम्बाङ विजयी

काठमाडौ, १८ वैशाख । इलाम-२ प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी भएका छन् ।  मंगलबार बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन् ।  नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए ।  यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे । रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।

इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । २०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए । निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो । इलाम(२ बाट निर्वाचित भएका सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस