२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

चुनावलाई संसदीय खेलको नजरले मात्र हेर्नु हुँदैन : विप्लव

काठमाडौ, २० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावलाई संसदीय खेलको लागि मात्रै प्रयोग नगर्ने बताएका  छन् । यस्तै पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकका निर्णयपछि पहिलोपटक प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन धरान पुगेका महासचिव विप्लवले चुनावलाई अब समाजवादी देशभक्तहरुले नौलो अभियानको रुपमा प्रयोग गर्नुपर्ने पनि समेत बताएका छन् ।

धरानमा आयोजित कोशी प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले अब सबै कम्युनिस्ट र क्रान्तिकारी जनमतलाई समाजवादी आन्दोलनमा परिवर्तन गर्नुपर्ने पनि बताए । यस्तै उनले बहुसंख्यक नेपाली जनताहरु समाजवादको पक्षमा रहेकाले कम्युनिस्ट,क्रान्तिकारी, समाजवादी, देशभक्त शक्तिहरु एकजुट बनेर नौलो अभियानमा लाग्नुपर्ने बताए ।

प्रशिक्षणका क्रममा महासचिव विप्लवले पार्टीले एकीकृत जनक्रान्तिको लक्ष्य र कार्यक्रमलाई स्थापित तथा कार्यन्वयन गराउन क्रान्तिका सबै आयामहरु प्रयोग गर्ने र निर्वाचन प्रयोग भन्ने बित्तिकै संसदीय व्यवस्थाको रुपमा नलिन र यसलाई एकीकृत जनक्रान्तिको निरन्तरताको रुपमा लिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस