दाङ, २४ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागी आगामी २९ गते हुने निर्वाचनका लागी आज सोमबार मनोयन दर्ता भएको छ । साझा व्यावसायिक प्यानलबाट अध्यक्ष पदका ललित जङ्ग शाहको नेतृत्वमा मनोनयन दर्ता गराएको हो । साझा व्यावसायिक प्यानललाई विभिन्न राजनीतिक दल र तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापन अध्यक्ष डिल्ली बहादुर बस्नेतको साथ रहेको छ ।
बस्नेतले सम्पुर्ण उम्मेदवारलाई टीका खादा लगाएर सम्मान गरेका थिए । उनले जित हार फरक कुरा हो तर व्यावसायिक हकहितमा नभएर उद्योग बाणिज्य संघलाई राजनीतिक अखडा बनाउने प्रयास भएको छ यस्लाई तोड्न जरुरी रहेको बताएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा साझा व्यावसायिक प्यानलको तर्फबाट हालका उपाध्यक्ष ललित जंग शाह अध्यक्षको उम्मेदवार छनौट गरिएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा नरेश कुमार राज भण्डारी, उद्योग उपाध्यक्षमा बिश्व बस्नेत, खुला उपाध्यक्षमा डिल्ली बहादुर ओलि छनौट गरिएको छ । त्यसैगरी महासचिवमा नरेन्द्र कुमार डागी (नरेश), कोषाध्यक्षमा शेषकान्त ढकाल, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार ओलि छनौट भएका छन् । त्यसैगरी सदस्यहरूमा शुरज ज्ञवाली (यसोसियटस), भिम बहादुर खत्री, शारदा बस्नेत, मिना रावत, अमर खनाल, मनोज गुप्ता, कृष्ण बहादुर पुन, टोप बहादुर महतरा, शुरेस नेपाली, दिल बहादुर केसी (दिलिप) छ्नोट गरिएको छ।
नयाँ नेतृत्वका लागी आगामी २९ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने पनि निर्वाचन समितिले जनाएको छ । अध्यक्षका उम्मेदवार ललित जंग शाह नेपाली काङ्ग्रेसबाट उपाध्यक्षमा निर्बाचित भएका थिए । अहिले उनले काङ्ग्रेसबाट बागी उम्मेदवारी दिने भएपछि साझा प्यानलले उनलाई समर्थन गर्दै उम्मेद्धार बनाएको हो ।