२०८३ बैशाख १५ गते मङ्गलवार | 2026 April 28th Tuesday

शाहकाे प्यानललाई काँग्रेस सहित ७ दलको समर्थन

दाङ, २६ वैशाख । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवार दिएको संयुक्त ब्यावसायी प्यानललाई काँग्रेस सहित ७ दलले समर्थन गरेका छन् । काँग्रेससहित नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले बुधबार अपिल जारी गर्दै ललितजंग शाह नेतृत्वको संयुक्त व्यावसायी प्यानललाई समर्थन गरेको जानकारी गराएका छन् ।

उक्त अपिलमा काँग्रेसका पूर्व महासमिति सदस्य तथा तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत, काँग्रेसबाट निर्वाचित तुलसीपुर ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाह, काँग्रेस निकट प्रजातान्त्रिक उद्योग ब्यबसायी संघका लुम्बिनी प्रदेश कमिटी सदस्य डिलबहादुर वलीसहितले हस्ताक्षर गरेका छन ।

त्यसैगरी सोही अपीलमा माओवादीका लुम्बिनी प्रदेश सदस्य प्रेमराज वली‘प्रभात’, एमालेका केन्द्रीय निर्वाचन कमिटि सदस्य हिराचन्द्र केसी, राप्रपाका केन्द्रिय सदस्य दामोदर भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिबालय सदस्य शुक्रराज भण्डारीले समेत हस्ताक्षर गरेको अपिलमा जिताउन आग्रह गरिएको छ । उक्त प्यानलले संघको नेतृत्व निर्माणमा सबै क्षेत्र, पक्ष विषयगत ब्यबसायीहरुको समेत भावना प्रतिनिधित्व हुने बताइएको छ । तर, यस अघि अस्वस्थ प्रतिस्पर्धा गर्ने, निर्वाचनका नाममा एकाधिकार निर्माणकाे भावनाबाट अभिप्रेरित क्रियाकलाप र प्रवृत्तीले प्रोत्साहन पाइरहेको अबस्था रहेको भन्दै यसमा आफूहरु गम्भीर रहेको जारी अपिलमा भनिएकाे छ ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस