२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौ, २६ वैशाख । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले परिषद्‌मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताइन् । अहिले आफ्नो पार्टीको प्रधानमन्त्री भएका कारण आफूहरूले त्यस्तो नभएको प्रस्ट्याउँदै उनले प्रधानमन्त्री पदलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

उनले विधेयक पनि परिषद्‌मा प्रधानमन्त्रीलाई बलियो बनाउनेगरी ल्याइएको बताइन् । उनले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै अध्यक्ष बिनाको निर्णय मनासिव नहुने धारणा राखिन् । उनले विधेयकलाई समिति र संसदले सहमतिपूर्वक अगाडि बढाउन चाहेमा त्यसमा सरकार बाधक नबन्ने स्पष्ट पारिन् ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस