
– यसकारण विनिल नेतृत्वको टिमले जित्न आवश्यक छ‘
आहा, कति शालिन युवा, यि नै हुन , तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षको उम्मेदवार ’, विजौरी बजारमा बुधबार नेपाली कांग्रेस समर्थित विनिल नेतृत्वको टिमको पोष्टर पढ्दै एक बृद्धाले कौतुहलता प्रकट गरे ।
हो, यस्तै सबल सक्षम र कर्मशिल युवा चाहिएको छ । यस्तै शिक्षित युवा चाहिएको छ । यस्तै युवा व्यवसायी नेतृत्व चाहिएको छ, तुलसीपुर उद्योग वाणिज्य संघलाइ । युवा व्यवसायी विनिल नेतृत्वको टिमलाइ ती बृद्धले आशिर्वाद दिदै सूनिश्चित बिजय भव ः भन्दै थिए ।उद्योग वाणिज्य संघले यस्तो युवा नेतृत्व पाउदा किन चुनावै गर्नु प¥यो ती बृद्धको जिज्ञासा थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिंदै गर्दा नेतृत्व लिन उम्मेदवारहरुको घरदैलो अभियान बाक्लिएको छ । पार्टिको त पुरै समर्थन छ, विनिल केसी नेतृत्वको प्यानललाइ, अनि व्यवसायीहरुको रोजाइमा पनि विनिल नेतृत्वको प्यानल परेको छ । किनकि, विनिल यस्तो व्यक्तित्व हो, उसले विदेश कहिल्यै रोजेन, काम नगरी सडक र चियापशलमा कहिल्यै भौंतारिएन । काम, काम अनि काम‘।
विनिलको प्रायी व्यवसाय हो । लघु तथा मझौला उद्यम हो, अनि व्यवसायिक एकताका माध्यमबाट व्यवसायिक समृद्धि । पश्चिम दाङको व्यवसायिक पूर्वाधार निर्माण उसको अभियान हो । लगानी मैत्री बातावरणका लागि व्यवसायिक सुरक्षा उसको चासो हो ।
त्यसैले बिनिललाई पुनः एक कार्यकाल कोषाध्यक्षमै बसेर आर्थिक सुधारको पाटोमा सहयोग गर्न प्रस्ताव आएको हो । अहिले फेरि कोषाध्यक्षको भूमिकामा रहेका छन् । केसी त्यति मात्र हैन तुलसीपुरको होटल वेष्टर्न पार्टी प्यालेस र तुलसीपुर सिटी हस्पिटलको समेत सञ्चालकको भूमिकामा छन् ।
आफ्नै ठाउँमा केही गर्नुपर्छ र शिक्षा स्वास्थ्यका माध्यमबाट नागरिकलाई सेवा प्रदान गर्नुपर्छ भन्ने स्वर्गीय बुबा विष्णुको प्रेरणाबाट ओतप्रोत भएका विनिल त्यही कारण सफल युवा व्यवसायीको रूपमा छवि कायम गर्न सफल भएका छन् । नेपाली काँग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमाल नेतृत्वको टिमका उपसभापति बिनिलले काँग्रेसको पार्टी कार्यालय भवन निर्माणका लागि ब्यक्तिगत तीन लाख १५ हजार साहेता प्रदान गरेका थिए ।
– समाजसेवामा विनिल…
त्यसो त विनिल व्यवसायक क्षेत्र मात्र होइन सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल व्यक्ति हुन । विश्वव्याधि कोरोना संक्रमणमा उनी कहिलै थाकेनन । विश्वव्यापी आर्थिक मन्दी रहेको समयमा व्यवसायिहरुलाइ घर धनीले भाडा बृद्धि गर्नु हुदैन भन्ने विनिलको अभियान थियो ।
स्पष्ट, सरल र शालिन बिनिल बिशाल हृदयका छन् । उनले धेरैलाई ब्यक्तिगत रुपमा सहयोग गरेका छन्। तर, उनी प्रचार र सस्तो लोकप्रियताका पछि कहिलै लागेनन् ।
कुनैपनि बिपत वा प्राकृतिक प्रकोपमा उनी मन वचन कर्मले खटिने पात्र हुन ।मतदाताको पहिलो रोजाइमा उनै विनिल र उनको टिम रहेको छ ।