
काठमाडौं, २७ बैशाख । दुर्गा प्रसाईँ संचालन गरेको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
बिर्तामोड५ को सिटी सेन्टरअगाडिबाट सुरू र्याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२, १५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बैंकको सिसाहरू फुटाउँदै गर्ने अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल रहेका छन् ।
प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार