२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

सहकारी बाट ॠण मागेको, लिएको प्रमाणित गरिदिनुस राजनीति छाड्दिन्छु : रबि

काठमाडौ, २८ वैशाख । राष्ट्र स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा नेपाल सरकारका गृहमन्त्री रबि लामिछानेले नेपाली कंग्रेसलाई किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन नपाहिने बताएका छन् ।

उनले आफ्नो समाजिक संजाल फेस्बुकमा एक स्टाट्स लेख्दै भनेका छन् कांग्रेस र गगन थापाजीहरुले संसदमा आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिए आफुले राजनीति छोडिदिने समेत बताएका हुन् । 

उनले लेखेका छन् ´ कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ  किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि  यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि  हुँ ।

 म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने?  यहि हो कांग्रेसको लोकलन्त्र? प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला । तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस