२०८३ साउन २२ गते शुक्रवार | 2026 August 7th Friday

कपुरकोट गाउँपालिकामा कार्यरत शिक्षकले राजनीतिक दलको सदस्ता त्याग्नु पर्ने

सल्यान, २९ वैशाख । सल्यानको कपुरकोट गाउँपालिका भित्रका सामुदायिक तथा निजि बिद्यालयमा कार्यरत शिक्षकहरुले राजनीतिक दलको सदस्यता अनिबार्य त्याग गर्नु पर्ने भएको छ । गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार शैक्षिक सेवा प्रबाहलाई मर्यादित बनाउन शिक्षकहरुले राजनीतिक दलको सदस्यता त्याग गर्नु पर्ने भएको हो । गाउँपालिकाले सार्बजनिक गरेको सुचनामा शिक्षकहरुले १५ दिन भित्र सदस्यता त्यागेको स्वघोषणा गर्न निर्देशन दिइएको छ ।

शिक्षा ऐन २०२८ संसोधन सहित १६ को दफा ङ उपदफा ५ को ब्यबस्था कार्यान्वयनका लागि बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई १५ दिनका समय निर्धारण गरिएको गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयोजक दुर्गा बहादुर पनको भनाई छ । सुचना जारी भएको मितिले राजनीतिक दलको सदस्य त्यागेको स्वघोषणा नगरेमा तथा राजनीतिक दलको सदस्यता भएको प्रमाण सहित सुचना आएमा कानुन बमोजिम कारबाही हुने शिक्षा शाखा प्रमुख सरस्वती भण्डारीद्धारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस