२०८१ असोज १८ गते शुक्रवार | 2024 October 4th Friday

राष्ट्रिपतिका आर्थिक विज्ञ नेपालको राजीनामा स्वीकृत

काठमाडौ, ३० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । नेपालले दिएको राजीनामा राष्ट्रपतिले आइतबार स्वीकृत गरेका कार्यालयका प्रवक्ता  शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । यस विषयमा राष्ट्रपति स्वयंले बोलाएर उनीसँग सोधपुछ गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस