२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

विद्यार्थीद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

दाङ, १ जेठ । राप्ती बबई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्धेको कार्यकक्षमा विद्यार्थी हरुले तालाबन्दी गरेका छन् । लामो समय देखी राप्ती बबई क्याम्पसको रक्षक (गाड)को रुपमा  काम गर्दै आईरहेका खिम बहादुर डाँगीलाई राजनीतिक हस्तक्षपका कारण क्याम्पस प्रमुखले मनमानी ढंगले हटाउन लागेको भन्दै ताला लगाएको विद्यार्थीले बताएका हुन् ।

यस्तै विद्यार्थीहरुले विद्यार्थी संगै संस्थाको हितको निम्ति कुनै काम नगर्ने र बारम्बार मनमानी ढंगले हरेक क्रियाकलाप गरिरहेको , विद्यार्थी संगठन संग भएका सहमति व्यवस्था गर्दै अगाडी बढिरहेको हुदा आफू हरुले ताला लगाउन बाध्य भएको बताए ।

यस्तै उनीहरुको हरेक निर्णय एउटा गर्ने र कार्यनयन अर्को गर्दै आइरहेको पनि बताए ! १८ औं साधारण सभाको दिन हरेक विद्यार्थीको प्रतिनिधित्व गर्दै कोमल बहादुर वली (के.बि) ले उठाएका बिषयहरु पनि छलफल गर्ने भनिएको तर अहिले सम्म कुनै बैठक नबोलाउनु विद्यार्थी हित बिपरित क्याम्पस प्रशासन चलिरहेको बताए ।

यस्तै विद्यार्थी प्रमोद भण्डारीले तत्काल संरक्षक हटाउने निर्णय फिर्ता लिन र विद्यार्थीहरुले उठाएका हरेक बिषयमा छलफल नगरी व्यवस्था गरे आफुहरुले तप संर्घषका कार्यक्रम गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस