२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइयो ताला, चार विद्यार्थी संगठनले जनाए एकताबद्ध

दाङ, २ जेठ । राप्ती बबई क्याम्पस तुलसीपुर दाङका क्याम्पस प्रमुख गणेश पार्धेको कार्यकक्षमा विद्यार्थीले गरेको तालाबन्दीमा क्याम्पसमा क्रियासिल चार विद्यार्थी संगठनले एकताबद्ध जनाएका छन् ।

लामो समय देखी राप्ती बबई क्याम्पसको रक्षक (गार्ड)को रुपमा  काम गर्दै आउनुभएको खिम बहादुर डाँगीलाई राजनीतिक हस्तक्षपका कारण क्याम्पस प्रमुखले मनमानी ढंगले हटाउन निर्देश दिएको भन्दै विद्यार्थी द्वारा जेठ १ गते लगाएको तालामा आज एक संयुक्त विज्ञप्ति निकाल्दै  चार विद्यार्थी संगठनले एकताबद्ध जनाएको छ।

अनेरास्ववियुका अध्यक्ष प्रदीप बस्नेत , नेविसंघका सभापति भिमार्जन बस्नेत , अखिल (क्रान्तिकारी) का अध्यक्ष भद्र बहादुर खत्री (भुपेस) र  अनेरास्ववियूका अध्यक्ष केशव पुनले हस्ताक्षर  गरेको संयुक्त  विज्ञप्तिमा भनिएको छ लुम्बिनी प्रदेशको गौरवको रूपमा रहेको हजारौं विद्यार्थीको उज्ज्वल भविष्य बनाउने हामी सबैको साझा क्याम्पसमा देखा परेका विभिन्न समस्यालाई आत्मसाथ गर्ने विभिन्न संगठनबीच सहमति र सहकार्य हुँदै आइरहेको सबै लाई जानकारी छ। पछिल्लो समय क्याम्पसमा देखा परेका समस्यालाई समाधान गर्ने सहमतिबीच हिजो लागेको तालामा एकताबद्ध रहेको बताइएको छ। यस्तै २४ घण्टा भित्र आफुहरुले राखेको मागलाई समाधान गर्न समेत अनुरोध गरिएको छ ।

यस्तै विद्यार्थी प्रमोद भण्डारीले क्याम्पस प्रशासनले हरेक निर्णय एउटा गर्ने र कार्यनयन अर्को गर्दै आइरहेको हुँदा आफू हरु ताला लगाउन बाध्य रहेको बताए । १८ औं साधारण सभाको दिन विद्यार्थीले उठाएका मागलाई समेत व्यवस्था गर्दै अगाडी बढिरहेको भन्दै तत्काल आफुहरुका माग सम्बोधन नगरे तप संघर्षमा जाने र संघर्षमा जादा आइपर्ने समस्याको जिम्मेवारी स्वयम क्याम्पस प्रशासन रहने समेत बताए ।

यता क्यामस प्रमुख गणेश पार्धे सँग बुझ्दा गार्डले राम्रो सँग काम नगरेको कारण देखाउँदै सेक्युरिटिज कम्पनीलाइ गार्ड परिवर्तन गर्न खबर गरेको बताउँछन । त्यस्तै चार विद्यार्थी संगठनको सयुक्त विज्ञप्तिमा  ७ बुदे माज समेत पेश गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस