२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ, ६ जेठ । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दैछ। बैठक  दिउँसो १ बजेका लागि बोलाइएको छ । चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐन जारी भइसकेको छ । स्थानीय सेवा र निजामती कर्मचारी विधेयक सँगै अघि बढ्नुपर्ने भए पनि निजामती कर्मचारी विधेयक पारित भएपछि मात्रै स्थानीय सेवा विधेयक अघि बढाइएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस