
दाङ, ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले तुलसीपुरको टरिगाउँ एयरपोर्ट बिस्तारको काम अब सुरु हुने बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले आइतबार तुलसीपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले आउने बजेटमा दाङको टरिगाउँ एयरपोर्टको स्तररोउन्नितका लागि बजेट छुट्यान आँफुहरुले सरकारलाई आग्रह गरेको भन्दै आउने बजेटमा त्यस्को उचित ब्यबस्था हुने विश्वास ब्यक्त गरे ।
बिगतमा एयरपोर्टबारे आँफुलाई जोडेर गलत हल्लाहरु फिजाइएको भन्दै उनले प्राबिधिकको अध्यन प्रतिबेदनका आधारमा उतिखेर नारायणमा एयरपोर्ट बनाउन प्रस्ताब गरिएको भएपनि त्यसमा पनि एकमत नभएको हुँदा अहिले तुलसीपुरको टरिगाउँ एयरपोर्ट बिस्तार गर्ने बारे तुलसीपुर उपमहानगरपालिकाले गरेको अध्यन प्रतिबेदनका आधारमा फेरि टरिगाउँ एयरपोर्ट बनाउन पहल थालिएको महासचिव पोख्रेलले बताए । अहिले उत्तर दक्षिण धावन मार्ग बनाउँदा १५ सय मिटरको धावन मार्ग बनाउन सकिन्छ भन्ने देखिएको हुँदा त्यही सुझाब आँफहरुले सरकारलाई दिएको र अब आउने बजेट बक्तब्यमा त्यसको सुनुवाई हुने बिश्वास उनले ब्यक्त गरे ।
बिगतमा आँफहरुले एयरपोर्टका सन्दर्भमा एक मत कायम गर्न नसकेपनि यतिखेर दाङ र तुलसीपुरको भविश्यका लागि एयरपोर्टको माग जवरजस्त बन्दै गएको हुँदा त्यसको सुनुवाइका लागि पहल सुरु आँफुुहरु बाटै भएको उनले बताएका थिए ।