२०८३ बैशाख १५ गते मङ्गलवार | 2026 April 28th Tuesday

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाण्डौ, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका हुन । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन ।

उनले एक सय ५७ मत पाएका हुन । विपक्षमा भने कुनै पनि मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ । आजको मतदानमा एक सय ५८ जना सांसद रहेका थिए । प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाएका हुन ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस