दाङ, ८ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको हिमाल एकेडेमी ले ८ औँ राष्ट्रिय भलिबल दिवस एक कार्यक्रमका बिच मनाएको छ । “स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ बिद्यालयमा अध्ययनरत बिद्यार्थी र अध्यापनरत शिक्षकका बिच मैत्रपूर्ण खेल खेली ८ औँ राष्ट्रिय भलिबल दिवस मनाइएको हो ।
हिमाल एकाडेमीका कोर्डिनेटर तथा फिभका लेवल-१ भलिबल प्रशिक्षक द्रोण प्रकाश चन्दको सभापतित्व एवम दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले राष्ट्रले भलिबल लाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेपनि सरकारले हेर्ने दृष्टिकोणमा र सेवा सुबिधामा कुनै फरक नपाइएको बताए ।
यस्तै उनले एउटा राष्ट्रिय खेल भलिबल संगै कुनै पनि खेलकुद क्षेत्रको विकासमा सम्बन्धित निकायको ध्यान जान नसक्नु दुखद भएको बताए । यस्तै प्रमुख अतिथि बस्नेतले आफुलाई खेल क्षेत्रमा सबैभन्दा माथि पुर्याउने खेल कराँते भएको तर पनि आफ्नो मनमुटुमा भने भलिबल खेल भएको बताउदै खेल क्षेत्रको सबैभन्दा ठुलो खेलको नियम र अनुशासन भएको भन्दै सम्पुर्ण खेलाडी भाइबहिनीहरुलाई एक असल खेलाडीको रुपमा स्थापित हुन सुझाव समेत व्यक्त गरेका हुन ।
कार्यक्रम मा बोल्दै कार्यक्रममा सभापति हिमाल एकाडेमीका कोर्डिनेटर तथा फिभका लेवल-१ भलिबल प्रशिक्षक द्रोण प्रकाश चन्दले बिद्यालयमा किताब शिक्षा संगै खेलकुद मा पनि यतिकै महत्व दिनुपर्ने बताए । खेल क्षेत्रमा थोरै भएपनि परिवर्तन ल्याउने उद्देश्य का साथ आफुहरुले बिद्याल स्तरबाटै खेलकुद लाई सदैव निरन्तरता दिने दिने बताए ।
यस्तै उनले अन्य बिद्यालयमा संगै सिङ्गो देशको खेलकुद क्षेत्रलाई फराकिलो बनाउन सबै संग सहकार्य गर्दै आफुहरू सदैव एक बाटोमा हिँड्ने प्रतिबद्धता व्यक्त गरेका छन । नवीन कुमार पराजुली को स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण भिम मरासिनीले गरेका थिए ।