२०८३ साउन २२ गते शुक्रवार | 2026 August 7th Friday

पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रचार गर्दै तुलसीपुर उवा संघ

दाङ, ९ जेठ । तुलसीपुर उद्योग वाणिज्य सघंले पश्चिम दाङमा रहेका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुको प्रचारप्रसार अभियान फेरि सुरु गर्ने भएको छ । उद्योग वाणिज्य सघंका कार्यबाहक अध्यक्ष देबबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला भर रहेका ११ वटा उद्योग वाणिज्य संघहरुको सहकार्यमा पर्यटनको क्षेत्रलाई विकास गर्न प्रचारप्रसार अभियान संञ्चालन गर्न लागेको अध्यक्ष केसीले जानकारी दिए ।

छिल्लीकोटको मालिका कालिका, तुलसीपुरको राप्ती शान्ति उद्यान, चमेरे गुफा, त्रिसिद्देश्वरी मन्दिर, सितलपुरमा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र, सुकौराको थारु राजाको दरबार, शान्तिनगरको सुईकोट मन्दिर, बबईको पुरन्धारा झरना प्रमुख केन्द्रबिन्दुका रुपमा रहेका छन् । व्यवसायीहरुले नै छिल्लीकोटमा संचालन गर्न लागेको जिपलाईन पनि पर्यटनको प्रमुख आकर्षण बन्ने अपेक्षा उद्योग वाणिज्य सघंले लिएको छ ।

थप अन्य क्षेत्रको पहिचान गरि तिनिहरुको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाहिय पर्यटनहरुलाई कसरी आकर्षण गर्न सकिन्छ भन्नेबारे ब्यापक रुपमा छलफल र उद्योग वाणिज्य संघहरुको सहकार्यमा कार्ययोजना बनाउन लागेको वाणिज्य संघका महासचिव केशवराज केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस