२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

शहीद कृष्णसेन इच्छुकको स्मृतिमा कार्यक्रम

दाङ, १३ जेठ । शहीद कृष्णसेन इच्छुकको स्मृतिमा दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा कार्यक्रम आयोजना गरिएको छ । 

परिवर्तनका एक अथक योद्धा साहित्यकार तथा पत्रकार इच्छुकको २२ औँ स्मृति दिवसमा नेपाल राष्टृय कर्मचारी संगठनले शहीक कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय एकाइ कमिटीले कार्यक्रमको आयोजना गरेको हो । 

नेपाल पत्रकार महासंघका केन्दृय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्य तथा एकाइ कमिटी अध्यक्ष लोकेन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सर्जन गौतमले महान शहीद सेनको वृत्तान्त सुनाएकाथिए । 

संक्षिप्त रुपमा सम्नन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि विषिष्ट अतिथि लगायतका सहभागिहरुले कृष्णसेनको ।सालिकमा माल्यार्पण गर्नुका साथै सालिक परिसरमा वृक्षरोपण समेत गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस