२०८३ जेष्ठ ३ गते आइतवार | 2026 May 17th Sunday

उपमहानगर प्रमुख खड्काद्वारा गणतन्त्र दिवसमा शुभकामना

दाङ, १५ जेठ । आज जेठ १५ गते अर्थात १७ औँ गणतन्त्र दिवस । सोही गणतन्त्र दिवसको अवसरमा तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले नगरवासीका नाममा शुभकामना सन्देश जारी गरेका छन् । प्रमुख खड्काद्वारा जारी शुभकामना सन्देशमा गणतन्त्र प्राप्तिको लामो र कठिन सङ्घर्षमा घाइते तथा अपाङ्ग भएका योद्धाहरूको बलिदानी भावको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गरिएको छ ।

संविधान अनुरूप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो औँल्याउँदै शुभकामना सन्देशमा राज्य संयन्त्रमा भएका परिवर्तनहरू सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको उल्लेख छ ।

शुभकामना सन्देशमा भनिएको छ,‘ गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेहरूको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन र परिवर्तित व्यवस्थाप्रति आम नागरिकलाई आशावादी तुल्याउन राजनीतिक दलहरूमा अधिक जिम्मेवारीबोध हुन आवश्यक छ ।’ प्रमुख खड्काले गणतन्त्र दिवसले सबैमा राष्ट्रहित ,गणतन्त्र, संविधानसहितका उपलब्धि रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दै गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिद प्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस