
काठमाडौ, १७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले भट्टराई र दाहालमाथि छानबिन गर्नुपर्ने भन्दै धनुषा अदालतबाट बिहीबार पक्राउ पुर्जी लिएको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नियन्त्रणमा लिने तयारी छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार