
दाङ, १८ जेठ । मोरू डिजिटल वालेट (पेनेप प्रा लि) नेपालको अध्यक्षमा युबा ब्यबसायि बिनिल के.सी चयन भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी आफ्नो पदभार सम्हालेका हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका के.सी सँग उत्पादन तथा व्यापारको क्षेत्रमा १८ वर्षभन्दा बढिको नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव रहेको छ ।
मोरू डिजिटल वालेटको संचालक समिति सदस्यका रुपमा विगत तीन वर्षदेखि कार्यरत के.सी. तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्षको भुमिकामा समेत रहेका छन ।
ग्राहकको सन्तुष्टि र नवीनतम प्राविधिको प्रयोग गर्दै आएको मोरू डिजिटल वालेटका प्रतिवद्धताहरूमा उनको नेतृत्वले थप उचाई लिने अपेक्षा गरिएको छ । मोरु डिजिटल वालेटका पाँचलाख पचासहजार ग्राहक रहेको छन ।
प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार