२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

बुद्धिचाल राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला छनौट सम्पन्न

दाङ, २० जेठ । दाङ जिल्ला बुद्धिचाल संघले  युु–१५ राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनोट प्रतियोगिता शनिवार सम्पन्न भएको छ । छनौट प्रतियोगितामा १५ वर्ष मुनिका २÷२ जना खेलाडी छनौट गरिएको हो । यही जेठ ३० गतेदेखि ३२ गतेसम्म पोखरामा हुन लागेको राष्ट्रिय प्रतियोगिताका लागि दाङवाट २÷२ जना छनौट गरिएको हो । जसमा महिलातर्फ उक्त छनोट कार्यक्रममा महिलातर्फ  गोरखा इन्टरनेसनल पब्लिस सेकेन्डरी स्कुलमा अध्ययनरत खुसी राई जिल्ला प्रथम ,राजविद्या पाठशाला घोराहिमा अध्ययनरत सम्भावना वली द्वितिय र गुरुकुल एक्याडेमी सानबी डाँगी तृतिय भएका हुन । 

त्यस्तै युु–१५ पुरुषतर्फ पर्ल एकेडेमीका कृतन भण्डारी जिल्ला प्रथम,  गुरुकुल एकेडेमीको सोम खनाल द्वितिय र  माउन्ट माउन्ट भ्यु एकेडेमी विशेष कुँवर तृतिय भएका हुन । छनौट भएका खेलाडीहरु मध्ये राष्ट्रिय प्रतियोगिताका लागि प्रथम र द्वितिय स्थान प्राप्त खेलाडीहरुलाई समावेश गरिने भएको छ । 

संघका जिल्ला अध्यक्ष अनिल शेरपाईलीको अध्यक्ष तथा नेपाल बुद्धिचाल संघका लुम्बिनी प्रदेश अध्यक्ष धनिराम वली प्रमुख आतिथ्यता एवं संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जुनकुमारी रोका विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि वलीले खेल राष्ट्र चिनारी र पहिचान रहेकोे चर्चा गरेला हुन । प्रमुख अतिथि वलीले बृद्धिचाल बौद्धिक वर्गले खेल्ने खेल रहेकाले यस खेललाई आगामी दिनमा अझ छन् लोकप्रिय निरन्तरता दिनुुपर्ने भनाई राखेका थिए । जसका लागि नयाँ पुुस्ता खोजी बुद्धिचाल खेलमा खोजी गरिने बताएका हुन । 

कार्यक्रममा अतिथिहरू गोरखा इन्टरनेसनल पब्लिकका प्रिन्सिपल मानसिंह घर्ती, प्रतियोगिताका प्रमुख आर्बिटर बिजय गुरुङ, सहायक आर्बिटर तथा राज विद्या पाठशालाका प्रिन्सिपल टिकाजंग विश्वकर्माले शुभकामना मन्तव्य सहित प्रशिक्षणात्मक भनाई राखेका थिए ।  आर्बिटरहरु शिवम बिक, मनसरी थापा, दिपु केसी, प्रदिप बुढा , हिक्मत थापा, लोकराज गिरी र चन्द्रमणि अधिकारी छनौट प्रतियोगिताको आर्बिटरको भूमिकामा रहेका थिए । संघका  उपाध्यक्ष लक्ष्मण बुढाको स्वागत मनत्वय बाट सुरु भएको कार्यक्रमको सहजीकरण शोभाकर पन्थीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस