२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समिति तुलसीपुरको पद हस्तान्तरण 

दाङ, २६ जेठ । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समिति तुलसीपुरले पद हस्तान्तरण तथा बधाई कार्यक्रम गरेको छ । आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी दुई महिना अघि कैलालीको टिकापुरमा सम्पन्न अधिवेशनबाट थुमन विश्वकर्माको अध्यक्षतामा  निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो । 

समितिको उपाध्यक्षमा ज्योति प्रसाद दहाल, पंकज कशौधन, यादु वली, महासचिवमा नविन वली, सहसचिवमा प्रदिप घिमिरे, कोषाध्यक्षमा राम बहादुर बस्नेत, सदस्यहरुमा नविन पौडेल, रमेश वली, चुडामणी शर्मा र राम वली रहेका छन । यस्तै सल्लाहकारमा विमल कुमार पौडेल र मोहन सुनार रहेका छन । 

कार्यक्रममा प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले तुलुसीपुरमा मोबाइल चोरीका घटनाहरु धेरै रहेको बताएका हुन । उनले व्यवसायीहरुलाई चोरीको मोबाईल विक्रि गर्न पसलमा ल्याएको संका लागेमा प्रहरीमा खबर गरेर सहयोग गर्न आग्रह गरेका हुन । सबै तथ्याङको डिभाईस नै मोबाइल भएकाले सामाजिक, पारिवारीक तथा नैतिक सुरक्षाको हिसावले सबैले ध्यान दिनुपर्ने उनको भनाई  छ ।

विशिष्ठ अतिथि उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष विनिल केसीले विकसित देशमा व्यवसाय पढेर व्यवसायमा लाग्ने गरेको बताएका हुन । तर नेपालमा व्यवसाय गरेर अध्ययन गर्ने प्रवृति रहेको हुँदा व्यवसाय सञ्चालनमा समस्या आउने गरेको बताएका हुन । केसीले व्यवसायीहरुको लागि लेखा र कर प्रणालीमा समस्या रहेको बताएका हुन । सोही समस्या समाधान गर्नका लागि विभिन्न बस्तुगत समितिलाई आवश्यकताका आधारमा लेखा र राजश्वको तालिम दिने तयारी भएको जानकारी गराएका हुन ।  

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष दिपेश भण्डारी, मोबाइल डिलर एशोसियशन दाङका सदस्य सैलेन्द्र कुमार वली, व्यवसायी किशोर कुमार वली, विमल कुमार पौडेल, मोहन सुनार लगाएतकाले नवनिर्बाचित पदाधिकारीहरुलाई बधाई दिदै मोबाइल व्यवसायीको हकहितको लागि काम गर्न सुझाव दिएका थिए । 

मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समिति तुलसीपुरका निवर्तमान अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । 

कार्यकारी उपाध्यक्ष थुमन विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव शुसान्त सापकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस