२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

लोकसेवा आयोगले एक परीक्षार्थीलाई लगायो बन्देज

सुर्खेत, २८ जेठ । कर्णाली प्रदेश लोकसेवा आयोगले एक परीक्षार्थीलाई एक वर्ष सम्म परीक्षामा सामेल हुनबाट रोक लगाएको छ । परीक्षाको मर्यादा उल्लङ्घन गरेको भन्दै दैलेखको भगवती माई गाउँपालिकाकी भगवती रिजाललाई आयोगले कारबाही गरेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त परीक्षाका क्रममा उनले प्रदेश लोकसेवा आयोग ऐन, ०७७ दफा ६४ को उपदफा १ को खण्ड (क) बमोजिम परीक्षाको सर्त र मर्यादा उल्लङ्घन गरेको कसुर देखिएकाले उनको परीक्षा रद्द गर्नुका साथै आयोगबाट लिइने परीक्षामा १ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाउने भनी आयोगबाट आइतबार निर्णय भएको छ ।’ 

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस